आज अपरान्हदेखि चारदिनसम्म ठूलो पानी पर्नसक्ने : जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
Monday, July 27th, 2020, 4:28 pm
काठमाडौं, १२ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अबको ४ दिनसम्म फेरि ठूलो पानी पर्नसक्ने पूवानुमान गरिएको छ । प्राधिकरणकाले आजदेखि शुक्रबारसम्म फेरि ठूलो पानी पर्नसक्ने सम्भावना रहेको हुनाले देशका कतिपय स्थानमा बाढी, पहिरो जानसक्ने, डुबान हुनसक्ने भएकाले आम नागरिकलाई सुरक्षित रहन भनिएको छ ।
मनसुन न्यून चापीय रेखा नेपालको तराई भू भाग नजिक रहिरहने तथा पर्याप्त जल वाष्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकाले आज १२ साउनको अपरान्हबाट १६ साउनसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको छ ।
यसैगरी, आज विहान कास्की, लुम्ले र स्याङ्जामा भारी वर्षा भएको छ भने भारी वर्षाका कारण लमजुङ, पवर्त र आसपासको जिल्ला भई बहने खोला तथा नदीको बहाव बढेको बाढी सूचना केन्द्रले जानकारी दिएको छ ।