विराट नर्सिङ होमका ४ स्वास्थ्यकर्मीमा कोरोना
Monday, July 27th, 2020, 1:10 pm
काठमान्डौ, १२ साउन। बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएको विराट नर्सिङ होमका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पताल सञ्चालकको सम्पर्कमा पुगेका ५८ जनाको पीसीआर परीक्षण गरिएकोमा चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।
विराट नर्सिङ होमका २१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा बसेका थिए ।
अस्पताल सञ्चालकलाई भने उपचारका लागि काठमाडौं ल्याइएको छ ।
विराट नर्सिङहोम र विराट मेडिकल कलेजमा कार्यरत कर्मचारीले सबैका कोरोना परीक्षण गर्न माग गरेका छन् । नर्सिङ होममा २५० बढी कर्मचारी कार्यरत छन् ।