सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध
Monday, July 27th, 2020, 12:54 pm
काठमान्डौ, १२ साउन। अविरल वर्षापछि पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।
पाल्पाको झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने र आउने सवारी साधनहरु बीच बाटोमै रोकिएर बसेका छन्।
पानी परिरहेकाले पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक डम्बर विकले बताए ।