विश्वमा कोरोनाको उपचारपछि निको हुनेको संख्या १ करोड ४८ हजार पुग्यो
Monday, July 27th, 2020, 11:22 am
काठमाडौं, १२ साउन । विश्वभर फैलिएको महामारी कोरोना भाइरसको असर बढ्ने क्रममा रहेता पनि निको भएर घर फर्किनेहरुको संख्या पनि त्यही अनुपातमा बढिरहेको छ । अहिलेसम्म विश्वमा कोरोना संक्रमितहरुकोे संख्या १ करोड ६४ लाख २० हजार २८७ रहेको छ । पछिल्लो २४ घण्टा भित्र मात्रै २ लाख १७ हजार भन्दा धेरै संक्रमितहरु थपिएका छन् भने मृत्यु हुनेको संख्या पनि ६ लाख ५२ हजार २५६ पुगेको छ । विश्वभर कोरोनाको उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ करोड ४८ हजार भन्दा धेरै रहेको छ । यस्तै, सबैभन्दा कोरोना संक्रमित रहेको देश अमेरिकामा हालसम्म कोरोना संक्रमितहरुको संख्या ४३ लाख ७१ हजार ८३९ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ८४९ पुगेको छ ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोना संक्रमितहरुको संख्या २४ लाख १९ हजार ९०१ जना पुगेको छ भने ८७ हजार ५२ जनाको मृत्यु भएको छ । भारतमा पनि हालसम्म कोरोना संक्रमितको संख्या १४ लाख ३६ हजार १९ जना रहेको छ भने मृत्यु हुनेको संख्या ३२ हजार ८१२ रहेको छ । यसैगरि रुसमा ८ लाख १२ हजार ४८५ संक्रमित हुँदा १३ हजार २६९ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा कोरोना संक्रमितको संख्या ४ लाख ४५ हजार ४३३ हुँदा ६ हजार ७६९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा कोरोना संक्रमितको संख्या ३ लाख ९० हजार ५१६ रहेको छ भने ४३ हजार ६८० को मृत्यु भइसकेको छ । त्यस्तै पेरुमा पनि कोरोना संक्रमितको संख्या ३ लाख ८४ हजार ७९७ जना पुगेको छ र मृत्यु हुनेको संख्या १८ हजार २२९ रहेको छ । चिलीमा संक्रमितको संख्या ३ लाख ४५ हजार ७९० हुँदा मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ । स्पेनमा ३ लाख १९ हजार ५०१ संक्रमित हुँदा २८ हजार ४२२ जनाको ज्यान गएको छ । बेलायतमा हालसम्म संक्रमितको संख्या २ लाख ९९ हजार ४२६ पुगेको छ भने ४५ हजार ७५२ जनाको ज्यान गएको छ ।
यता, इरानमा संक्रमितको संख्या २ लाख ९१ हजार १७२ रहेको छ भने मृत्यु हुनेको संख्या १५ हजार ७०० पुगेको छ । किर्गीकिस्तानमा भने संक्रमितको संख्या २ लाख ७३ हजार ११३ हुँदा ५ हजार ८२२ जनाको मृत्यु भएको छ । साउदी अरबमा २ लाख ६६ हजार ९४१ हजार संक्रमित हुँदा २ हजार ७३३ जनाको ज्यान गएको छ । इटालीमा २ लाख ४६ हजार ११८ संक्रमित हुँदा ३५ हजार १०७ जनाले ज्यान गुमाएको छ ।
हालसम्म टर्कीमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार १०० हुँदा ५ हजार ६१३ को मृत्यु भएको छ । त्यसैगरी, बंगलादेशमा हालसम्म संक्रमितको संख्या २ लाख २३ हजार ४५३ छ भने २ हजार ९२८ को ज्यान गएको छ । जर्मनीमा पनि संक्रमितको संख्या २ लाख ६ हजार ७४१ हुँदा मृत्यु हुनेको संख्या ९ हजार २०३ पुगेको छ । हालसम्म फ्रान्समा संक्रमितको संख्या १ लाख ८० हजार ५२८ रहेको छ भने ३० हजार १९२ जनाको ज्यान गएको छ ।
विश्वमै कोरोना भाइरस सुरु भएको पहिलो देश चीनमा भने पछिल्लो २४ घण्टामा ६१ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ८९१ जना संक्रमित हुँदा मृत्यु हुनेको संख्या ४ हजार ६३४ रहेको छ । यस्तै, जापानमा कोरोना संक्रमितको संख्या २९ हजार ३८२ रहेको छ भने मृत्यु हुनेको संख्या ९९६ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ हुदाँ १३ हजार १२८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेके छ ।