फेसबुकको आइडी ह्याक गरेर पैसा ठगी गर्ने युवा समातिए
Monday, July 27th, 2020, 9:53 am
सुनसरी, १२ साउन । सुनसरीको दुहवीबाट एक जनालाई फेसबुक आइडी ह्याक गरेर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरी २३ वर्षीय साविर आलमलाई सुनसरीको दुहवीबाट पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई सुनसरीको दुहवी शाखाको एउटा बैंकमा पैसा निकाल्न जाँदा पक्राउ गरेको छ भने उनले ७५ हजार ठगेको उजुरी पनि परेको छ ।
साविरले अरुको फेसवुक आइडी ह्याक गरेर सो आइडी चलाउनेको आफन्तसँग ठूूलो समस्यामा परेको भन्दै तुरुन्तै पैसा पठाइदिन भन्दै म्यासेज गर्ने र त्यसपछि आइडीवालाका आफन्त पैसा पठाउन तयार भएपछि उनले आफ्नै व्यक्तिगत खातामा डिपोजिट गर्न लगाउने प्रहरीले बताएको छ ।