माग पूरा नभए सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको सरकारलाई चेतावनी
Sunday, July 26th, 2020, 6:05 pm
काठमाडौं, ११ साउन । डा.गोविन्द केसीले फेरि सरकारलाई ३ वटा माग राख्दै पूरा नगरे सत्याग्रह गर्ने तीन साताको अल्टिमेटम दिएका छन् ।
सरकारले आफूसँग २०७५ साउन १० गते गरेको सम्झौता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिगठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसको पढाइ सुरु गर्न, चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग राख्दै सत्याग्रह गर्ने चेतावनी दिएका छन् ।
हाल जुम्लामा रेहेका डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउदै विज्ञप्ति जारी गरेका छन् भने जारी गरेको विज्ञप्तिमा तत्काल अनुमति प्रदान गर्न माग गरिएको छ ।