वडाध्यक्षमा कोरोना पुष्टि भएसंगै स्थानीय त्रसित
Sunday, July 26th, 2020, 5:57 pm
काठमाडौँ, ११ साउन । रौतहटको राजदेवी नगरपालिकाको वडाध्यक्षमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएसँगै यतिबेला पुरै गाउँ नै त्रसित बनेको छ ।
काठमाडौँ जानका लागि पीसीआर परीक्षण गराउँदा राजदेवी नगरपालिका ८ का वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो ।
शनिबार उनकी श्रीमतीको करेन्ट लागेर मृत्यु भएको थियो । मलामीका रुपमा सयभन्दा बढी मानिसको उपस्थिति थियो । उनले श्रीमतीलाई करेन्ट लागे घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल गौरमा आफैँले लिएर गएका थिए । त्यसैले स्थानीय त्रसित भएका छन् ।
वडाध्यक्षसँग सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिनमा बस्न नगरपालिकाले आग्रह गरिसकेको छ । त्यस्तै, वडाध्यक्षलाई उपचारका लागि काठमाडौँ पठाइने भएको छ ।