अमेरिका लैजान्छु भन्दै ठगी गर्ने दुई युवतीहरू पक्राउ
Sunday, July 26th, 2020, 5:39 pm
काठमान्डौ, ११ साउन। बिहे गरी अमेरीका लैजाने भनी प्रलोभनमा पारी ठगी गर्ने युवतीहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।
महाशाखाको टोलीले कोपिला शर्मा र अमिसा केसीलाई बुटवलबाट पक्राउ गरेको हो।
‘आफुलाई डिभि परिसकेको छ अहिले लकडाउनले गर्दा जान मिलेन म विहे गरेर लैजान्छु’ भन्दै विभिन्न पुरुषहरुलाई आश्वासन देखाएर ठगि गर्दै आएको महाशाखा जानकारी दिएको छ।
त्यस्तै उनीहरुले बिभिन्न महिलाहरुलाई व्यवसायको साझेदारी बन्नुहोस् भन्दै विभिन्न कम्पनीको फेक डकुमेन्ट देखाउदै ठगी गदैँ आएको देखिन्छ।
महाशाखाका अनुसार उनीहरुले हालसम्म ७ लाख बराबरको ठगि भएको जाहेरी आएको छ भने अझै पीडितहरु बढ्न सक्ने प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन्।