वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट
Sunday, July 26th, 2020, 5:21 pm
कञ्चनपुर, ११ साउन । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि नेपाली कांग्रेस भातृ संगठन तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले आइतबार वडाध्यक्ष महरामाथि कार्यकक्षमै कुटपिट गरेको हो ।
कुटपिटबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ । १०/१२ जनाकाे समूहमा गएका उनीहरुले वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरेका छन् ।
नारद ठगुन्नाको समूहले शनिबार राति सुरज चौधरीलगायतलाई मदिरा सेवन गरी कुटपिट गरेका थिए । त्यस समयमा अध्यक्ष महराले सबैलाई सम्झाएर घर फर्काउनुभएको थियो । त्यहि रिस पोख्न उनीहरुले अध्यक्ष महरालाई कार्यकक्षमा नै आक्रमण गरेको स्थानीयले बताएका छन् । घटनापछि प्रहरी वडा कार्यालय पुगेको स्थानीयले जानकारी दिएका छन् ।