पछिल्लो २४ घन्टामा थप १ सय ३० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि
Sunday, July 26th, 2020, 4:47 pm
काठमान्डौ, ११ साउन। पछिल्लो २४ घन्टामा नेपालमा थप १ सय ३० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा साे संख्यामा संक्रमित थपिएकाे जानकारी दिएका हुन् ।
यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ६ सय १३ पुगेकाे छ।
यसैगरी पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन् । योसँगै कुल निको हुने संख्या १३ हजार १ सय २८ पुगेको छ ।
याे संख्या कुल संक्रमितकाे ७०.५ प्रतिशत हाे ।
नेपालमा हाल ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेकाे गाैतमले जनाए ।
देशभर कोरोना भाइरसको संक्रमणबाट ४५ जनाको मृत्यु भइसकेको छ ।