के जात्रा देखाको भन्दै गृहमन्त्रालयलमाथि खनिए गोकुल बास्कोटा
Sunday, July 26th, 2020, 2:05 pm
काठमाडौं, ११ साउन । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका छन् ।
बास्कोटाले अहिलेको स्थ्तििमा नागरिकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले सास्ती पाएकोे भनेका छन् । उनले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनि आलोचना व्यक्त गरेका छन् ।
उनले ट्वीटरमा , ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’ भनि ट्वीट पनि गरेका छन् ।
यात्रुहरुलाई एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने र फेरि अर्को बस चढाउने गर्दा उनीहरुले दुःख र सास्ती भोग्नुपरेको हुनाले तत्काल यस्तो नियम हटाउनुपर्ने बास्कोटाको सुझाव रहेको छ ।