गोदावरी नगरपालिकाले गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध
Sunday, July 26th, 2020, 1:47 pm
ललितपुर, ११ साउन । ललितपुरको गोदावरी नगरपालिकाले कोरोना संक्रमण जोखिमका कारण यही साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्वहरु पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ ।
गोदावरी नगरपालिकाले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणको जाखिमलाई मध्य नजर गर्दै नागरिको स्वास्थ्य सुरक्षाका लागि उक्त अनुरोध गरेको छ ।
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मतया, रोपाइँ, लाखे, कृष्ण र जुग (भगवान) जात्रा सञ्चालन नगर्न आग्रह गरेका छन् । उनका अनुसार दिवंगत आत्माको शान्त्तिका लागि भीडभाडजन्य कार्य नगरी सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन र सामाजिक दूरी कायम गरी सांस्कृतिक परम्परालाई मात्र सञ्चालन गर्न नागरिकलाई अपिल गरिएको छ ।