६ दिनपछि दुईतर्फी सञ्चालन आयो नौबिसे-मुग्लिन सडकखण्ड
Sunday, July 26th, 2020, 1:30 pm
चितवन, ११ साउन। पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड ६ दिनपछि सञ्चालनमा आएको छ ।
अविरल बर्षा संगै आएको पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेको हो।
मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । पुलको केही भाग बगेपछि यो सडकखण्ड यही साउन ५ गतेदेखि बन्द भएको थियो ।