हेडक्वार्टरमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण पुष्टि
Sunday, July 26th, 2020, 1:17 pm
काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालका चार जना प्रहरी अधिकारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । ती चारै जना प्रहरी प्रधान कार्यालयको सवारी शाखामा कार्यरत अधिकारी हुन् ।
प्रहरी अस्पतालमा कोरोना परीक्षण गर्दा ती चार जनामा कोरोना संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताएका छन् ।
चार जनामा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको थियो । त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको खबर आएको प्रहरी प्रधान कार्यालय एक उच्च अधिकृतले जानकारी दिएका छन् ।