किमले गरे सीमावर्ती सहरमा आपतकालको घोषणा
Sunday, July 26th, 2020, 12:55 pm
काठमाण्डौ, ११ साउन । उत्तर कोरियाले दक्षिण कोरियाबाट आएका एक व्यक्तिमा कोरोना हुन सक्ने आशंका गदै आफ्नो सीमा क्षेत्रमा रहेको एक शहरमा आपतकालीन अवस्था घोषणा गरेको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्थालाई उद्धृत गर्दै रोयटर्सले नेता किम जोङ उनले अवैध तरिकाबाट सीमा पार गरेका व्यक्ति कोरोना संक्रमित हुन सक्ने आशंका गर्दै केसोङ सहरमा लकडाउन तथा आपतकालीन अवस्थाको घोषणा गरेको जनाएको छ । किमले आफ्नो देशमा विश्वभरी महामरी फैलाउने कारोना भाइरस छिरेको हुनसक्ने भन्दैे आपतकालीन रूपमा पार्टी पोलिटब्युरोको बैठकसमेत डाकेका छन् ।
तीन वर्ष अघि उत्तर कोरियाबाट दक्षिण कोरिया भागेका उनलाई यही जुलाई १९ मा सीमानजिकको केसोङ शहरमा भेटिएका थिए । यदि उनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भए उनी उत्तर कोरियाको पहिलो आधिकारिक कोरोना संक्रमित हुनेछन् । उत्तर कोरियाली समाचार केसिएनए अनुसार ती व्यक्तिमा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकोे छ ।