बागलुङ पहिरो अपडेट: पहिरोमा पुरिएका ट्याक्टर चालकको शव भेटियो
Sunday, July 26th, 2020, 12:32 pm
बागलुङ , ११ साउन। बागलुङ नगरपालिका–१ निरहेघाट नजिकै पहिरोमा परी बेपत्ता भएका एक जनाको शव फेला परेको छ । पहिरोमा ट्याक्टरसहित पुरिएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।
बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार राति आएको पहिरोमा परि पुरिएका थिए ।
प्रहरी निरीक्षक दीपक रेग्मीका अनुसार उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको उनले जानकारी दिए ।
पहिरो झर्ने क्रम जारी रहकाले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।