साताको पहिलो दिन फेरि सुनको भाउ बढ्यो, प्रतितोला ९६ हजार ३ सय
Sunday, July 26th, 2020, 12:24 pm
काठमाडौं, ११ साउन । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । सुनको भाउ प्रति तोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।
सुनको भाउ गत शुक्रबार एकैदिनमा १ हजार ३ सय रुपैयाँले बढेर ९५ हजार ८ सयमा कारोबार भएको थियो भने तेजाबी सुनको भाउ आज पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको भाउ शुक्रबार ९५ हजार ३ सय ६५ मा कायम गरी किनबेच भएको थियो ।
चाँदीको भाउ गत शुक्रबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेको भएता पनि आइतबार पनि स्थिर नै रहेको छ ।