मकवानपुरमा ट्रक दुर्घटनामा परि छोराको मृत्यु, बाबु घाइते
Sunday, July 26th, 2020, 10:49 am
मकवानपुर, ११ साउन । मकवानपुरको पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा ना४ख ७०४ नंको मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले आइतबार (आज) बिहान बारा जिल्लाबाट मकै लिएर चितवनतर्फ जाँदै गरेकोे ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएकोे जनाएको छ । दुर्घटनामा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन् । मृत्यु हुने सहचालक र घाइते चालक बाबु छोरा रहेको पुष्टि भएको छ ।
प्रहरीले सहचालक चौधरीको च्यापिएर मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।