कोरोना संक्रमण जोखिमको कारण यो वर्ष गोसाइँकुण्ड मेला नहुने
Saturday, July 25th, 2020, 2:07 pm
रसुवा, १० साउन । हरेक बर्ष जनैपूर्णिको अवसर पारेर हुने गोसाइँकुण्ड मेला यसपटक कोरोना संक्रमण जोखिमको कारण नहुने भएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोरोना भाइरसको जोखिम कायमै रहेको, सरकारले कुनैपनि किसिमको मेला नगर्न आग्रह गरेको, पूर्णरुपमा सबैतिर सार्वजनिक यातायात सञ्चालन नभएको, पदमार्गमा रहेका होटल तथा लजहरु पूर्णरूपमा सञ्चालनमा नआएका हुनाले यो बर्ष मेला नगर्ने निर्णय गरेको हो ।
मेला व्यवस्थापन गर्दै आएका समितिका अध्यक्ष सन्जिव डिएमले हरेक वर्ष गोसाइँकुण्डमा दुई पटक मेला लाग्ने भएतापनि यसपटक गङ्गादशहरामा मेला हुन नसेको र कोरोनाको जोखिमको कारण जनैपूर्णिमामा लाग्ने मेला पनि स्थगित गरिएकोे बताएका छन् ।
कोरोना संक्रमण र तीर्थयात्रीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस बर्ष गोसाइँकुण्ड क्षेत्रमा जनैपूर्णिमको मेला नहुने भएको छ ।