दोस्रो धेरै कोरोना संक्रमित भएको देश व्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु
Saturday, July 25th, 2020, 1:28 pm
ब्राजिल, १० साउन । अमेरिका पछि धेरै कोरोना संक्रमित भएको दोश्रो देश ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या तिब्ररुपमा बढ्दै गइरहेको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिदै गइरहेको छ भने संक्रमितको संख्या २३ लाख भन्दा माथि पुगिसकेको छ ।
गएको २४ घन्टा यतामात्र कोरोना संक्रमितको संख्या ५५ हजार नाघिसकेको छ र शुक्रबार मात्रै थप ५५ हजार ८९१ जना नयाँ संक्रमित भेटिएका छन् ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरुका अनुसार बहीबारमात्र त्यहाँ २४ घन्टामा ५९ हजार ९६१ जना संक्रमित थपिएका थिए । उनीहरुले यो पहिलो पटक त्यहाँ एकैदिनमा यतिधेरै संख्यामा संक्रमित थपिएको बताएका थिए । उनीहरुका अनुसार यहाँका संक्रमितको संख्या २३ लाख ४३ हजार ३६६ पुगेको छ भने संक्रमण शुरु भएदेखि १५ लाख भन्दा बढी मानिस निको भएर घर फर्किसकेको छ ।
यहाँ कोरोना संक्रमितहरुको मृत्यु हुने संख्या पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । गएको २४ घन्टायतामात्र १ हजार १५६ जना संक्रमितको मृत्यु भईसकेको छ ।