दाङमा ७ किलो लागूपर्दाथजन्य अफिमसहित चारजना पक्राउ
Saturday, July 25th, 2020, 12:59 pm
घोराही, १० साउन । दाङ प्रहरीले भालुबाङबाट ७ किलो लागूपदार्थजन्य अफिमसहित चार जनालाई पक्राउ गरेको छ ।
दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बिशेष सूचनाका आधारमा भालुबाङबाट कालोपदार्थ जस्तो देखिने अफिमसहित चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुको साथबाट अफिमसहित मोबाइल, सिमकार्ड, मोटरसाइकललगायत सामानहरु समेत बरामद गरिएको छ पक्राउ परेका चारै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।