देबि र नकुलको कमेडी गित ‘यो तिजमा मज्जै हुने भो ‘बजारमा चर्चामा
Saturday, July 25th, 2020, 11:15 am
काठमाडौं । गायक नकुल गौतम र गायिका देवी आलेको स्वरमा सजिएको कमेडी तिज गीत ‘यो तिजमा मज्जै हुने भो’ को भिडियो सार्वजनिक भएको छ । नकुल गौतमको शब्द संगीत तथा रमेश सेन्चुरिको संगीत संयोजन रहेको गीत पारीधी मिडिया को युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिमसेन अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा दिलिप तामाङ ‘हुरहुर’, देवी आले र नारायण नेपाल फिचर्ड छन । प्रवेश पोख्रेलको छायाँकन रहेको भिडियोमा सुरेश श्रेष्ठको सम्पादन रहेको छ । गीत आँफैमा सुमधुर र त्यस माथी भिडियो पनि उत्कृष्ट बनेकोले दर्शक स्रोताहरुले आफ्नो गीत मन पराउनेमा आशाबादी रहेको निर्माता नारायण नेपाल बताउछन । भिडियो हेर्नुहोस्