साम्राज्ञीसंग १० करोड क्षतिपूर्ति माग्दै भुवनले हाले मुद्दा
Friday, July 24th, 2020, 5:52 pm
काठमाण्डौ, ९ साउन । केही हप्तादेखि अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबिच चल्दै आएको विवादले नयाँ मोड लिएको छ । अभिनेत्री साम्राज्ञीविरुद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा शुक्रबार दिउँसो मुद्दा दर्ता गरेका छन् ।
केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गर्दै १० करोड क्षतिपूर्ति मागसहित साम्राज्ञीविरुद्ध मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्र्कीले जानकारी दिए ।
सूचना अधिकृत कार्र्कीका अनुसार अभिनेता भुवन केसीका बारे विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा साम्राज्ञीले आफूलाई यौन दुव्र्यवहारको मिथ्या आरोप लगाएर उनलाई बेइज्जत गरेको भन्दै अभिनेता केसीले मुद्दा दर्ता गरेका छन् ।