न्यायाधीशमाथि महाअभियोग लगाउन भन्दै माइतीघर मण्डलमा प्रदर्शन
Friday, July 24th, 2020, 5:47 pm
काठमाडौं, ९ साउन। न्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजायबाट सहुलियत दिएको भन्दै प्रदर्शनमा आएका हुन्।
हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका अभियुक्तको कैद सजाय घटाउने विवादास्पद फैसलाका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको ‘कार्यक्षमता’ माथि गम्भीर प्रश्न उठेको हो ।
असार १५ गतेको मितिमा गरेको फैसलाका कारण अभियुक्त पूर्व डीआईजी रञ्जनप्रसाद कोइराला बिहीवार जेलमुक्त भइसकेका छन् । सुनाएको उक्त फैसलाको पूर्व प्रधानमन्त्री र राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्वोच्चकै पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता, अधिवक्ता लगायत बिभिन्न उच्च तहका व्यक्तिले सार्वजनिकरूपमै आलोचना गरिरहेका छन् ।
न्यायाधीश जबरा र केसीको इजलासले ८ वर्ष ६ महिना कायम गरिदिएपछि कोइराला सदरखोर डिल्लीबजारबाट बिहीवार जेलमुक्त भइसकेका छन् ।