नेपाललाई स्विस सरकारले दियो २० हजार पीसीआर किट
Friday, July 24th, 2020, 4:43 pm
काठमाडौं, ९ साउन । नेपाललाई कोरोना संक्रमण परीक्षण गर्न स्विटजरल्याण्ड सरकारले थप ४० हजार थान पीसीआर टेस्ट किट सहयोग स्वरुप उपलब्ध गराएको छ ।
नेपालस्थित स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई २० हजार थान किट हस्तान्तरण गरेकी छन् भने बाँकी २० हजार थान किट अगस्ट महिनासम्ममा नेपाल आइपुग्ने स्विस दूतावासले जनाएको छ । स्विस राजदूत एलिजावेथ भोन क्यापेलरका अनुसार पहिलो लटको ४० हजार मध्येको पीसीआर टेस्ट किट्सले नेपालमा अहिले बढिरहेको पीसीआर टेस्टिङको मागलाई पूरा गर्ने दिशामा सहयोग गर्नेछ ।
नेपाललाई ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री नेपालस्थित स्विस दूतावासले स्वीस सरकार विकास सहयोग (एसडीसी) मार्फत हस्तान्तरण गरिसकेको छ ।