नेपालमा कोरोना सक्रंमणबाट थप १ जनाको मृत्यु , मृत्यु हुनेमा ८५ वर्षीय वृद्धा
Friday, July 24th, 2020, 2:24 pm
वीरगञ्ज, ९ साउन । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा एक वृद्घाको कोरोनाले मृत्यु भएको हो । अस्पतालका कोओर्डिनेटर डा.उदयनारायण सिंहले कोरोना संक्रमित ८५ वर्र्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएकोे बताएका छन् ।
डा. सिंहका अनुसार केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् भने मृतक मुटुका रोगी पनि थिइन् । साउन ७ गते वृद्घामा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार नै एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।
यसैगरी नेपालमा कोरोना सक्रंमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।