दैलेखकी महिला सुर्खेतमा मृत भेटिइन
Friday, July 24th, 2020, 1:51 pm
सुर्खेत, ९ साउन । सुर्खेतको जंगलमा मृत अवस्थामा दैलेखको नारायण नगरपालिकाकी एक महिला फेला परेकी छिन् ।
शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारको जंगलमा महिलाको शव भेटिएको हो ।
शव नारायण नगरपालिका–१ दैलेख घर भई हाल वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने २९ वर्षकी कल्पना केसी भएको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।