न्यायाधीशलाई महाअभियोग, ओलीको बिदाइ गर्ने प्रस्ताव बाबुरामको
Friday, July 24th, 2020, 12:54 pm
काठमाडौं, साउन ९ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशमा बढिरहेको संकटबाट मुक्तिका लागि ५ वटा प्रस्ताव अघि सार्नुभएको छ ।
नेता भट्टराईले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै संसद अधिवेसन बोलाउने र केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रस्ताव गर्नूभएको हो । उहाँले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन पनि माग गर्नूभएको छ । देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं, भनी पाँच वटा विकल्प दिनुभएको छ ।
यी हुन् पाँच विकल्प ः
१) संसद अधिवेशन बोलाऊँ ।
२) केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं ।
३)अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ ।
४) भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं ।
५) प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ।
श्रमतीको हत्या गर्ने सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाको सजाय कम गरेर जेल मुक्त गरेको सन्दर्भमा भट्टराईले न्यायाधीशमाथि महाअभियोगको प्रस्ताव अगाडि सारेका हुन् ।