सीतापाइलामा युवतीमाथि एसिड प्रहार, २ जना युवक पक्राउ
Friday, July 24th, 2020, 12:16 pm
काठमाण्डौ, ९ साउन । काठमाण्डौको सीतापाइलामा हिजो बिहीबार साँझ पौने आठ बजे एक २२ वर्षीय युवतीमाथि एसिड प्रहार भएको छ भने एसिड प्रहार गर्ने २ जना युवकहरुलाई प्रहरीले पक्राउ गरेको छ । नागरजुन नगरपालिका(४) सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।
प्रहरीले एक भारतीय नागरिक सहित दुई जनालाई गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद रहेका छन् ।
युवतीमाथि एसिड प्रहार गर्ने ती युवकहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोलीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै पक्राउ गरेको छ ।उनीहरूले पवित्राले अर्कै केटा मनपराएको हुदाँ रिसको झोकमा शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गरेका अपराध महाशाखाका एसएसपी दीपक थापाले बताएका छन् ।
भारतीय नागरिक आलमले आफ्नो कामदार मुन्नालाई एसिड प्रहार गर्ने लगाएको एसएसपी थापाले बताएका छन् । त्यसैगरि एसिडले मुन्नाको हातको केही भाग समेत जलेको छ ।