वीरगञ्जमा पाँच थुनुवा सहित ३२ जनामा कोरोना पुष्टि
Friday, July 24th, 2020, 11:36 am
साउन ९, काठमाण्डौं । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ थुनुवा सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ९ महिनाका बालकदेखि ६० वर्षका बृद्ध समेत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताउनुभयो ।
उहाँका अनुसार सर्लाही र बाराका एकएक जना तथा भारतका ५ जना थुनुवामा कोरोना पुष्टि भएको हो। बाँकी संक्रमित पर्साका रहेका छन्।
संक्रमित हुनेमा २५ जना पुरूष र ७ जना महिला छन्।
५ जना थुनुवा संक्रमित विभिन्न मुद्दामा पक्राउ परेर वडा प्रहरी कार्यलय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका थिए।
गत साउन ६ र ७ गतेको स्वाब संकलन गरी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा। उपाध्यायले जानकारी दिनुभयो ।