पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु
Thursday, July 23rd, 2020, 4:47 pm
काठमान्डौ, ८ साउन । नेपालमा पछिल्लो २४ घन्टामा थप १४७ जना संक्रमित भेट्टिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म १८ हजार २४१ जना संक्रमित रहेका छन् ।
यसैगरि कोरोना संक्रमणबाट बिहिबार (आज) १ जनाको मृत्यु भएको छ ।