विश्व स्वास्थ्य संगठनः कोरोनाको खाप २०२१ अघि नबन्ने
Thursday, July 23rd, 2020, 3:46 pm
काठमाण्डौ, ८ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले विश्वभर फैलिरहेको महामारी कोरोना भाइरसको खोपमा प्रगति भइरहेता पनि सन् २०२१ भन्दा अघि नबन्ने जनाएको छ ।
संगठनका कार्यकारी निर्देशक माइक रेयानले कोरोनाविरुद्ध खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ अघि खोप बन्न नसक्ने कुरा बताएका छन् ।उनका अनुसार यस महामारीबाट बच्न र खोप निर्माण नभइन्जेलसम्म भौतिक दूरी, सरसफाइ, मास्कको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जरूरी रहेको बताएका छन् ।
बेलायतले तयार पारेको खोप मानव परीक्षणमा पनि सफल भएपछि त्यसलाई बृहत मात्रामा परीक्षण गरिदैछ भने चीन, अमेरिका, बेलायतलगायतका अन्य देशहरुले कोरोनाविरुद्धको खोपलाइे अनुसन्धान गरिरहेका छन् ।