नुहाउन जाँदा खोलाले बगाएर एक जनाको मृत्यु
Thursday, July 23rd, 2020, 2:22 pm
अर्घाखाँची, ८ साउन । नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । घर नजिकै स्थानिय वाणगंगा खोलामा नुहाउन गएका बेला खोलाले बगाएर सोहि जिल्ला शितगंगा १४ का ५८ वर्षीय कर्णबहादुर दर्जीको मृत्यु भएको हो ।
बुधबार दिउँसो खोलामा नुहाउन गएका दर्जीको शव प्रहरी र स्थानीयले बिहीबार बिहान कपिलवस्तु वाणगंगा ८ मधुवन नजिकको खोला किनारमा फेला पारेको इलाका प्रहरी कार्यालय ठाडाका नायव निरीक्षक सालीकराम खनालले बताएका छन् ।
ईप्रका पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशीले उनको शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएकोे जानकारी दिएका छन् ।