प्रदेश १ मा थप ४ जनामा कोरोना पुष्टि
Thursday, July 23rd, 2020, 1:59 pm
प्रदेश १ , ८ साउन । बिहिबार प्रदेश १ प्रहरी कार्यालयका थप ४ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलका अनुसार बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएपछि प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षण गराउदा पाच जनामा संक्रमण पुष्टि भएको हो ।
अहिले कार्यालयको नियमित काम सञ्चालन गर्नका लागि सीमित जनशक्ति राखेर अनलाइनबाट पनि सेवा दिइरहेको पोखरेलको भनाइ छ ।