पत्नी हत्या अभियोग लागेका पूर्वडीआईजी रञ्जन कोइराला थुनामुक्त
Thursday, July 23rd, 2020, 1:23 pm
काठमाण्डौ, ८ साउन । पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ सर्वोच्च अदालतको आदेशपछि डिल्लीबजार कारागारमा ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (पूर्वडीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् ।
केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो । आफ्नै पत्नि गीता ढकालको हत्या गरेपछि लामो समय जेल जिवन बिताईरहेका पूर्वडीआईजी कोईरालालाई डिल्लीबजार कारागार प्रशासनले बिहीबार बिहान ११ः५० बजे मुक्त गरेको छ ।
कोइरालाले महाराजगञ्जमा पत्नी गीता ढकालको हत्या गरी मकवानपुरको टिस्टुङ पालुङमा जलाएर फर्किँदै गर्दा काठमाडौँबाट पक्राउ परेका थिए । पत्नि हत्या अभियोमा दोषी ठहर भएपछि उनलाई सर्वोच्च अदालतले जन्मकैद हुने सजाय घटाएर साढे आठ वर्ष मात्रै कैद सजाय सुनाएको थियो ।
कोइरालालाई सर्वोच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा बिहीबार कैदमुक्त गरेका हो ।