मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालन
Wednesday, July 22nd, 2020, 8:51 pm
चितवन, ७ साउन । नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
पहिरोका कारण अवरुद्ध सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ ।
सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि दमौली, पोखरा लगायतका ठाँउमा जाने र चितवन आउने सवारी साधन चल्न थालेका छन् ।
काठमाडौं जाने सडक भने पृथ्वी राजमार्गको मौवाखोलामा पुल भत्किएका कारणले अवरुद्ध छ ।