लकडाउन अन्त्य भएपनि उपत्यका प्रवेश गर्न पास अनिवार्य
Wednesday, July 22nd, 2020, 5:15 pm
काठमाण्डौ, साउन ७ । नेपाल सरकारले गएरातिदेखि पूर्ण रूपमा लकडाउन सकिएको बताए पनि काठमाडौं उपत्यका प्रवेशमा भने चाही पास चाहिने भएको छ।
गृह मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीका अनुसार अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको जानकारी दिए ।
अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न सरकारले भदौ १ गतेदेखि मात्रै पाइने बताएको छ।
तर, आफू बस्ने स्थानीय तहको सहमतिमा अत्यावश्यक काम हुनेले मात्र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं आवतजावत गर्न पाउँनेछन् ।