राजेश हमालको भाई राकेश हमालको निधन
Wednesday, July 22nd, 2020, 4:15 pm
काठमाडौं, ७ साउन। अभिनेता राजेश हमालको भाईको निधन भएको छ ।
राजेश हमालको एक मात्र भाई राकेश हमालको दिल्लीमा उपचारका क्रममा निधन भएको हो ।
कलेजोको समस्याबाट गुज्रिरहेका हमालका भाईलाई केही दिनअघि उपचारका लागि दिल्ली लगिएको थियो । उनको दिल्लीमा रहेकोह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राकेशको शवलाई दिल्लीबाट नेपाल ल्याउने तयारी भईरहेको बताइएको छ ।