कोरोना संक्रमित एक चिनियाँ महिलाको शिक्षण अस्पतालमा मृत्यु
Wednesday, July 22nd, 2020, 3:33 pm
काठमान्डौ, ७ साउन। कोरोना भाइरसको संक्रमणबाट एक चिनियाँ महिलाको मृत्यु भएको छ ।
शिक्षण अस्पतालमा उपचाररत ५८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा.रोहित पौडेलले पुष्टि गरेका हुन्।
मंगलबार बेलुका अस्पताल भर्ना भएको र बुधबार बिहान मृत्यु भएको जनाइएको छ । उनलाई ग्रान्डी अस्पतालबाट टिचिङमा रिफर गरिएको बताइएको छ ।
ग्रान्डी अस्पतालमा नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव अस्पतालमै रहेको र दूतावासको रोहबरमा सेनाले शव व्यवस्थापन गर्ने निर्देशक पौडेलले बताए ।
नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।