इन्जिनियरिङको परीक्षा आगामी भदौ ७ बाटः त्रिभुवन विश्वविद्यालय
Wednesday, July 22nd, 2020, 4:11 pm
काठमाडौँ, साउन ७ । सरकारले मंगलबार रातिबाट लकडाउन अन्त्य भएको औपचारिक घोषणा गरे लगतै त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले कोरोना भाइरसका कारण स्थगित भएका परीक्षा आगामी भदौ ७ गतेबाट गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले स्नातकोत्तर तहको परीक्षा आगामी भदौ ७ गतेदेखि र स्नातक तहको परीक्षा आगामी भदौ १५ गतेदेखि सञ्चालन हुने जनाएको छ ।
साथै उक्त परीक्षा सम्बन्धी विस्तृत विवरण आगामी साउन १५ गतेसम्म प्रकाशित गरिने सूचनामा उल्लेख गरेको छ ।