लकडाउन खुलेसंगे भक्तजनले भगवान पशुपतिनाथको दर्शन गर्न पाउने
Wednesday, July 22nd, 2020, 1:55 pm
काठमान्डौ, ७ साउन। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा बढेसंगै बन्द रहेको पशुपति नाथ मन्दिर साउनको दोस्रो हप्ताबाट खुल्ने भएको छ ।
महादेवको दर्शन गर्ने परम्परा रहिआएकोले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि देशका विभिन्न शिव मन्दिरहरुमा दर्शनार्थीहरुको अत्यन्त भिड लाग्ने गरेको छ तर पशुपतिनाथको मन्दिर भने खुलेको थिएन।
यसवर्ष कोरोना महामारीका कारण मन्दिरहरु बन्द रहेकाले धर्मावलम्बीहरुमा निरासा छाएको छ ।
उक्त निरासालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले साउनको दोस्रो सोमबार अर्थात १२ गतेबाट सामाजिक दुरी कायम गर्दै दर्शन खुला गर्न सक्ने जनाएको छ ।