बर्मन बुढाको निधनले दु:खी छु : प्रधानमन्त्री ओली
Wednesday, July 22nd, 2020, 12:50 pm
काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता बर्मन बुढा मगरको निधनले आफु दुखी भएको बताएका छन् ।
बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् ओलीले बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘पंचायती व्यवस्थाको अन्त्यपछि हामी प्रतिनिधिसभामा सँगसँगै थियौं । उहाँ आफ्नो मौलिक परिचय र भेषसहित संसदमा आइपुग्नु भएको म विशेष स्मरण गर्दछु ।’
ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ९० वर्षको उमेरमा निधन भएको थियो ।