रोल्पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधन
Wednesday, July 22nd, 2020, 12:38 pm
काठमाडौं । रोल्पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ ।
आन्द्राको क्यान्सरबाट पिडित ९० वर्षिया बुढाको बुधबार बिहान ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए । कृष्णबहादुर महराको नेतृत्वमा रहेको जनमोर्चाबाट निर्वाचित हुने ९ सांसदहरुमध्ये एकजना बरमन बुढा थिए ।
बर्मन बुढा तत्कालिन नेकपा (माओवादी) को जनयुद्धमा समेत अग्रसर थिए।