नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४१ पुग्यो
Wednesday, July 22nd, 2020, 11:32 am
प्रदेश १, ७ साउन । प्रदेश १ मा कोरोना संक्रमणबाट फेरि एकजनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता डा निदेश सापकोटाका अनुसार गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो र ती पुरुषको गएराति नै अन्त्यष्टि गरिएको उनले बताएका छन् ।
उपचारका लागि आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै किसीमको दीर्घ रोग थिएन । तर उनमा निमोनिया र मिर्गौला ड्यामेजको समस्या कोरोना संक्रमणपछि देखिएको थियो ।
उक्त प्रतिष्ठानमा उपचारका क्रममा योसँगै दोस्रो कोरोना संक्रमितको मृत्यु भएको हो ।