आज राति १२ बजेबाट लकडाउन अन्त्य
Tuesday, July 21st, 2020, 8:42 pm
साउन ६,काठमाण्डौं । सरकारले आज मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारीगराउनुभयो ।
खतिवडाले भन्नुभयो,रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन,ु ुकुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको अवस्था हेर्छौं। त्यसपछि भदौमा थप निर्णय लिन्छौं।
सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ।
सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो।