नेपालमा ७ जिल्ला कोरोना संक्रमण मुक्त
Tuesday, July 21st, 2020, 5:25 pm
काठमाडौँ ६ साउन । नेपालका ७ जिल्ला कोरोना संक्रमणबाट मुक्त भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमणमुक्त हुनेमा भोजपुर, पाँचथर, धनकुटा, सखुवासभा, रसुवा मनाङ र मुस्ताङ रहेको बताउनुभयो ।