उपत्यकामा भेटिए ९ जना संक्रमित
Tuesday, July 21st, 2020, 5:06 pm
काठमाडौं, ६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मंगलबार ९ जना कोरोना संक्रमित भेटिएका छन्।
काठमाण्डौ जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् भने उनीहरु कहाँका हुन् भन्ने जानकारी मन्त्रालयले खुलाएको छैन।