पछिल्लो २४ घन्टामा थप १५० जनामा कोरोना संक्रमण हुदा ६०९ जना डिस्चार्ज
Tuesday, July 21st, 2020, 4:33 pm
काठमान्डौ, ६ साउन। नेपालमा पछिल्लो २४ घन्टामा थप १५० जना संक्रमित भेट्टिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म १७ हजार ९९४ जना संक्रमित रहेका छन् ।
यता, पछिल्लो २४ घन्टामा थप ६०९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।