बिहीबारदेखि भाडा बढाएर सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा
Tuesday, July 21st, 2020, 4:53 pm
काठमाण्डौ, ६ साउन । आगामि बिहीबार ९ गतेदेखि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार (आज) संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् ।
छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेको कुरा पत्रकार सम्मेलनमा बताएका छन् ।
उनीहरुको भनाई अनुसार तत्काल लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सम्भव नभए पनि प्रदेशस्तरमा भएपनि गाडी संचालन गर्न दिने निर्णय गर्न सरकारसँग माग गरेका छन् ।