उद्धार तथा राहतमा खटिने भन्दै नेकपा बैठक १३ गते बस्ने गरि स्थगित
Tuesday, July 21st, 2020, 3:31 pm
साउन ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक दुई अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी ओलीको आपसी समझदारीमा स्थगित भएको हो।
दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार ‘बाढीपहिरोको उद्धार तथा राहतमा जुट्न दुई अध्यक्षबीच सहमतिअनुसार बैठक साउन १३ गते बस्ने गरि स्थगित भएको जानकारी दिएका छन् ।
बैठक मंगलबार बिहान ११ बजे बोलाइएकोमा १ बजे सारिएको थियो ।